काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।
कम्पनीले साविक किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थासँग मर्जरपछि शेयर अनुपात मिलाउन एफपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ४९ हजार ९८२ दशमलव ५९८ कित्ता एफीओ निष्कासन गर्न चैत २१ गते बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले यो एफपीओ सर्वसाधारण लगानीकर्तामा जारी गर्नेछ । एफपीओ निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी भने मुक्तिनाथ क्यापिटल लिमिटेडले पूरा गर्नेछ । हाल यस कम्पनीको चुक्तापूँजी ६२ करोड ८३ लाख ५७ हजार रुपैयाँ छ ।