काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले २१औं वार्षिक साधारणसभा असोज १३ गते गर्ने भएको छ । भदौ १९ गते बसेको कम्पनीको सञ्चालक समितिले काठमाडौंको धुम्बाराहीस्थित लर्ड पार्टी भेन्यूमा बिहान ११ बजेदेखि शुरू हुने जानकारी दिएको छ ।
सभाले हकप्रद शेयर अनुमोदन, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । साथै चालु आर्थिक वर्ष (आव)का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र गत आवमा सञ्चालक समितिले गरेका कार्य अनुमोदन गर्नेछ ।
त्यस्तै मर्जरका लागि आवश्यक कार्य गर्न र नियामक निकायबाट कुनै आदेश भएमा सोही अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने मुख्य एजेण्डा पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस बुक क्लोजको आाधारमा भदौ ३१ गतेसम्म कायम शेयरधनी मात्रै साधारण सभामा उपस्थित हुन सक्नेछन् ।