काठमाडौं। नेपालका लागि डोङफेङ ईभीको आधिकारिक विक्रेता एमएडब्ल्यु वृद्धिले बुटवलमा आफ्नो प्रिमियम र स्मार्ट ईभी नामीलाई सार्वजनिक गरेको छ । सोमवार आयोजना गरिएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँड, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की र एमएडब्ल्यु वृद्धिका बिजनेश हेड प्रशन्न पन्त र डोङफेङ बुटवल इमरल्ड अटोमोबाइल्सका प्रबन्ध निर्देशक योगेन्द्र खड्गीले संयुक्त रूपमा नामी ईभी सार्वजनिक गरेका हुन् ।
सेग्मेन्टमै सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट दाबी गरिएको नामी ईभीले लुम्बिनी प्रदेशको बजारमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको योजना छ । प्रतिस्पर्धीको तुलनामा यसको आकार र चौडाइ ठूलो हुनुका साथै धेरै सेग्मेन्ट फस्ट र सेग्मेन्ट बेस्ट फिचर प्रयोग गरिएको कम्पनीको भनाइ छ । कार्यक्रममा डोङफेङका लागि बुटवल डिलर इमरल्ड अटोमोबाइल्सका प्रबन्ध निर्देशक खड्गीले विक्री मात्र नभई विक्रीपछिको सेवालाई पनि उत्तिकै महत्त्व दिने बताए । नामी ईभीमा सेग्मेन्ट फस्ट वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किङ टेबल टपसहितको पेसेन्जर ड्रअर पनि रहेको बताइएको छ । नामी ई१, नामी ई२ र नामी ई३ गरी तीन भेरियन्टमा उपलब्ध हुने बताइएको छ, जसको मूल्य २९ लाख ९९ हजारदेखि ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।