logo
शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्दै छिमेक लघुवित्त
शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्दै छिमेक लघुवित्त

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट नगद लाभांश वितरण गर्न शुरु गरेको छ । 

गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित नगद लाभांश सम्बन्धित शेयरधनीहरूको बैंक खातामा जम्मा गर्न थालिएको बैंकले जानकारी दिएको छ । 

साधारण सभाले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ७ प्रतिशत करसमेत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

नगद लाभांश शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामा नै जम्मा गरिने भएकाले हालसम्म आफ्नो बैंक खाता नम्बर हितग्राही खातामा अद्यावधिक नगराएकाहरूलाई यथाशीघ्र गराउनसमेत कम्पनीले आग्रह गरेको छ । 

कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि पुस १६ गते एक दिन बुक क्लोज गरेको थियो । पुस १५ गते सार्वजनिक बिदा परेकाले पुस १४ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको नगद लाभांश प्राप्त गरेका हुन् । 

पुस १४ गतेसम्म आफ्नो शेयर बन्धक राखी कर्जा उपयोग गरेका सदस्यहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का राखिएकाले कर्जा फुकुवा भइसकेको भए जानकारी गराउनसमेत कम्पनीले भनेको छ । 

यस वर्ष कम्पनीले नगद लाभांशसँगै ८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावसमेत वार्षिक साधारण सभाबाटै पारित गरेको छ । 

बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि मात्र वितरण हुनेछ । कम्पनीको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.