काठमाडौं । ट्रम प्रशासनले भन्सार दर बढाए १०४ प्रतिशत पुर्याएपछि चीनले पनि जवाफी कदमहरू घोषणा गर्दै अमेरिकी वस्तुहरूमा लगाइएको भन्सार शुल्क ३४ प्रतिशतबाट बढाएर ८४ प्रतिशत पुर्याउने बताएको छ ।
समाचारहरूका अनुसार वृद्धि गरिएको अप्रिल १० (भोलि) देखि लागू हुनेछ । यससँगै, अमेरिकामा चीनको निर्यातमा लगाइएको १०४ प्रतिशत कर पनि लागू भइसकेको छ।
चीनले बुधबार थप अन्य प्रतिकारात्मक कदमहरू पनि घोषणा गरेको समाचार संस्था एपीले उल्लेख गरेको छ। “यदि अमेरिका आर्थिक तथा व्यापारिक प्रतिबन्धहरू अझै चर्काउन अडिग रहन्छ भने, चीनसँग आवश्यक प्रतिकारात्मक कदम चाल्ने दृढ इच्छाशक्ति र पर्याप्त साधनहरू छन्, र अन्तिमसम्म लड्ने छ,” चीनको वाणिज्य मन्त्रालयले श्वेतपत्र सार्वजनिक गर्दै भनेको एपीले लेखेको छ।
चीन सरकारले ह्वाइट हाउससँग वार्ता गर्ने वा नगर्ने भन्नेबारे केही खुलाएको छैन । यद्यपि अरू धेरै देशहरूले वार्ता प्रक्रिया शुरू गरिसकेका छन्।