चितवन (अस) । भरतपुर एयरपोर्टअगाडि रहेको अभियान मोटर्स प्रालिले ईसुजु ब्याडको डी–म्यास सिंगल क्याब मोडलको गाडी बजारमा ल्याएको छ । डिलरले शनिवार एक कार्यक्रमबीच जापानमा उत्पादित सो गाडी बजारमा ल्याएको हो । कार्यक्रममा अभियान मोटर्सका प्रबन्ध निर्देशक वेदप्रसाद गौतमले अरू गाडीको तुलनामा यस मोडलको गाडीमा १० देखि १५ प्रतिशतसम्म बढी भार क्षमता रहेको बताए ।
यस गाडीको मूल्य अहिले २४ लाख ९० हजार रुपैयाँ रहेको छ । यस कम्पनीका अन्य मोडलका गाडीमा समेत छूटको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ । गाडीकोे २ हजार टनसम्म बोक्न सक्ने क्षमता रहेको छ । कम्पनीले ग्राहकलाई पहिलो १ वर्षको कर र इन्स्योरेन्स आफै व्योहोर्ने बताएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.