काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २५ लाख रुपैयाँ सहयोग गरेको छ । प्रभु ग्रुपका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य देवीप्रकाश भट्टचनको उपस्थितिमा कम्पनीका अध्यक्ष शिक्षा भट्टचन र प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमवार सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।
बाढीपहिरो र डुबानका कारण मुलुकका विभिन्न स्थानमा आएको प्राकृतिक विपत्तिमा रहेका नागरिकको राहत र उद्दारका लागि सरकारसँग हातेमालो गर्न उक्त सहायता प्रदान गरिएको प्रमुख कार्यकारी अधिकृत प्रसाईंले बताए । चेक हस्तान्तरण कार्यक्रममा कम्पनीका सञ्चालक विरेन्द्रजंग पाण्डे र नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेको उपस्थिति थियो । कम्पनीले यसअघि पनि नख्खुखोलामा बाढीले बगाएकामध्ये २ जनालाई सकुशल उद्धार गर्न सफल काभ्रे तेमाल गाउँपालिका–९ का चणिकलाल तामाङलाई सम्मान गरेको थियो ।