काठमाडौं । नेपालका लागि चांगान तथा दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले दिपल एक्सचेन्ज कानिर्भल गर्ने भएको छ ।
भदौ ३१ देखि असोज ३ गते सम्म काठमाडौं, गैरीधारास्थित सिल्भर ओकमा सञ्चलन हुने एक्सचेन्ज कानिर्भलमा आफ्नो कुनै पनि ब्रान्डका पुरानो गाडी दिएर नयाँ दिपलका ‘फिचर–लोडेड’ इभीहरू खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
कानिर्भलमा नेपालकै टप ६ रिकन्डिसन हाउसबाट पुरानो गाडीको मूल्य निर्धारण गरिनेछ । साथै, थप एक्सचेन्ज बोनस पाइने वृद्धिले जनाएको छ । यसबाहेक, एक्सचेन्ज कार्निभलमा अनस्पट डेलिभरी, अनस्पट फाइनान्स र फ्रि एसेसोरिज पाइने छ । जसमा ३ किलोवाटको ट्राभल चार्जर र ७ किलोवाटको होम चार्जरका साथै ग्राहकले गाडीको भ्यालुएसन र बुकिङमा उपहार समेत पाइने छ ।
एक्सचेन्ज कार्निभलमा ७१ लाख ९९ हजार रुपैयाँमा दिपलको प्रिमियम इभी एस०७ खरिद गर्न पनि सकिने छ ।
वृद्धिले नेपाली बजारमा दिपल एस०७ र एल०७ गरी दुई मोडेल विक्री गर्दै आएको छ । यी इभीहरू एडभान्स फिचर, लक्जरियस इन्टेरियर र इन्टेलिजेन्ट डिजाइनमा आधारित छन् । पाँच महीना अघि नेपालमा सार्वजनिक भएको दिपल एस०७ डिजाइन र फिचरका कारण नेपालमा रूचाइएको छ ।
दिपल इभीमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, एआई सपोर्ट भएको अग्मेन्टेड रियालिटी एडअप डिस्प्ले, चार ड्राइभिङ मोड, १२५ लिटरको फ्रंक, हेडरेस्ट र आउटडोर सहित १४ ओटा स्पिकर लगायत १५ भन्दा बढी फिचरहरू छन् जुन नेपालमै नौला फिचर हुन ।