काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई कम्पनीको कुल ३३ लाख ३२ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
साहस उर्जा लिमिटेडको २८ लाख कित्ता र सगरमाथा जलविद्युत कम्पनीको ५ लाख ३२ हजार कित्ता गरेर कुल ३३ लाख ३२ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यी बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।
सगरमाथा जलविद्युत कम्पनीले मङ्सिर १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत ४ दशमलव ७५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश पारित गराएको थियो ।
त्यस्तै साहस उर्जाले कात्तिक ४ गते सम्पन्न वार्षिक साधारण सभाले पारित ८ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।