काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधवार (आज) दुई कम्पनीको कुल ८२ लाख ५४ हजार ३८९ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
हाथवे इन्भेष्टमेन्ट नेपालको २५ लाख ७४ हजार र सिटिजन्स बैंक इन्टरनेशनलको ५६ लाख ८० हजार ३८९ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाइनेछ ।
सिटिजन्स बैंकले गत कात्तिक १२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।
त्यस्तै हाथवे इन्भेष्टमेन्ट नेपालले गत कात्तिक २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव २५६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।