काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । बलेफी हाइड्रोपावर र लिवर्टी इनर्जी कम्पनीको शेयर मूल्य समायोजन भएको हो । यी दुई कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले बलेफी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो । समायोजनपश्चात् कम्पनीको शेयर मूल्य रू. ३०६ दशमलव ६० कायम भएको छ । नेप्सेले सोमवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
सोमवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५१३ दशमलव २० मा अन्तिम कारोबार भएको थियो ।
त्यस्तै नेप्सेले लिवर्टी इनर्जीको ५० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो । समायोजनपश्चात् कम्पनीको शेयर मूल्य रू. २१७ दशमलव ३३ कायम भएको छ । नेप्सेले सोमवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
सोमवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २७६ मा अन्तिम कारोबार भएको थियो ।
यही समायोजित मूल्यलाई आधार मानेर यी दुई कम्पनीको शेयर भोलि अर्थात बुधवार दोस्रो बजारमा कारोबारमा आउनेछ ।