सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको साढे तीन घन्टापछि दुर्घटनास्थल क्षेत्रको आकाशमा उडान भर्दै बुद्ध एयरलाइन्सको जहाज । र, भुइँमा भग्नावशेष बनेको सौर्यको विमान र उद्धारका लागि पुगेका सुरक्षाकर्मी ।
विमान दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई सेवा दुई घन्टापछि पुन: सञ्चालन भएको समाचार एजेन्सी राससले जनाएको छ ।
बुधवार बिहान ११ः११ मा काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल नजिकै दुर्घटना भएको थियो । दुर्घटनामा कोपाइलटसहित १८ यात्रुको निधन भएको छ भने पाइलटको उद्धार गरी उपचार भइरहेको छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान