रातभर परेको बर्षाका कारण आएको बाढीले काठमाडौंको बुद्धनगर र थापाथली क्षेत्र जोड्ने धोबिखोला मोटरेवल पुलमा क्षति पुर्याएको छ । थप क्षति तथा मानविय क्षति हुनसक्ने भन्दै नेपाल प्रहरीले पूल बन्द गराएको छ । भने आसपासका सडक त्रिपालले ढाकेर राखेको छ ।
बाढीको उच्च जोखिम रहेको र जुनसुकै बेला सडक भासिन सक्ने भन्दै धोबिखोला र बागमती नदीको संगम स्थल आसपासका बासन्दालाई सतर्क भएर यात्रा गर्न प्रहरीले अनुरोध समेत गरेको छ ।