काठमाडौं । एक महीना अवधिमा नेप्से परिसूचक ३ दशमलव २९ प्रतिशत घटेको छ । मंसिर महीनाको अन्तिम कारोबार दिन नेप्से २ हजार ६८२ दशमलव २९ विन्दुमा रहेकोमा पुसको अन्तिम कारोबार दिन २ हजार ५९४ दशमलव १३ विन्दुमा झरेको हो । यस अवधिमा नेप्सेमा कारोबारमा आउने १३ समूहगत सूचकमध्ये जलविद्युत् समूहको सूचक मात्रै बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ ।
एक महीनामा अवधिमा जलविद्युत् समूहको सूचक १ दशमलव ६१ प्रतिशत वृद्धि भएको छ । मंसिरको अन्तिम कारोबार दिन ३ हजार ५४६ दशमलव ६८ विन्दुमा रहेको सूचक पुसको अन्तिम कारोबार दिन ३ हजार ६०३ दशमलव ६५ विन्दुमा पुगेको हो ।
शेयर संख्या न्यून हुनु, हकप्रद शेयर निष्कासन गर्ने निर्णय गर्नु लगायत कारणले जलविद्युत् समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको हो । यस समूहका अधिकांश कम्पनीको शेयर संख्या न्यून रहेको छ । यस समूहका अधिकांश कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेका छन् ।
विद्युत नियमन आयोगले जलविद्युत् कम्पनीलाई ऋण तिर्न र नयाँ हाइड्रोपावरमा लगानी गर्न हकप्रद शेयर निष्कासन गर्न पाउने व्यवस्था गरेको छ । जसका कारण धेरै कम्पनीहरूले हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेका छन् ।
समीक्षा अवधिमा सर्वाधिक गुमाउनेमा व्यापार समूहका लगानीकर्ता छन् । यस समूहको सूचक मंसिरको अन्तिम कारोबार दिन ४ हजार ९३० दशमलव ०८ विन्दुमा रहेकोमा पुसको अन्तिम कारोबार दिन ४ हजार ३२८ दशमलव ३५ विन्दुमा कायम भएको छ ।
दोस्रोमा वित्त समूहको सूचक ११ दशमलव ४९ प्रतिशत घटेको छ । यस समूहको सूचक मंसिरको अन्तिम कारोबार दिन ३ हजार २५९ दशमलव ५२ विन्दुमा रहेकोमा पुसको अन्तिम कारोबार दिन २ हजार ८८ दशमलव १५ विन्दुमा झरेको हो । त्यस्तै विकास बैंक समूहको सूचक ७ दशमलव ४१ प्रतिशत घटेको छ । सो अवधिमा सबैभन्दा कम घट्नेमा लघुवित्त समूहको सूचक छ । उक्त समूहको सूचक शून्य दशमलव ९९ प्रतिशत घटेको छ ।
समूह | पुसको अन्तिम कारोबार दिनको सूचक | मंसिरको अन्तिम कारोबार दिनको सूचक | घटबढ प्रतिशत |
व्यापार | ४३२८.३५ | ४९३०.०८ | -१२.२१ |
वित्त | २८८५.१५ | ३२५९.५२ | -११.४९ |
म्युचुअल | २०.११ | २१.७२ | -७.४१ |
विकास बैंक | ५३६८.५८ | ५६८९.५६ | -५.६४ |
अन्य | १८९७.३८ | १९८१.१९ | -४.२३ |
बैंकिङ्ग | १३६७.८ | १४२७.८३ | -४.२ |
उत्पादन तथा प्रशोधन | ६६२५.९७ | ६८६५.५ | -३.४९ |
लगानी | १००.२३ | १०२.९८ | -२.६७ |
निर्जीवन | १२४८३.९३ | १२८२१.५७ | -२.६३ |
जीवन बीमा | १२६४०.४८ | १२९३६.४२ | -२.२९ |
होटल तथा पर्यटन | ६५५४.०१ | ६६२५.९७ | -१.०९ |
लघुवित्त | ४८९१.०२ | ४९३९.९८ | -०.९९ |
जलविद्युत् | ३६०३.६५ | ३५४६.६८ | १.६१ |