काठमाडौं । बुधवार दुई कम्पनीहरूले कुल ७० हजार ८१२ कित्ता संस्थापक शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेका छन् । माछापुच्छ्रे बैंक लिमिटेडले ५५ हजार कित्ता र लुम्बिनी विकास बैंकले १५ हजार ८१२ कित्ता संस्थापक शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेका हुन ।
यी शेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरू मात्र आवेदन दिन सक्नेछन् । इच्छकु खरिदकर्ताहरूले आगामी ३५ दिनभित्र माछापुच्छ्रे बैंकको शेयर खरिदका लागि बैंकको शेयर रजिष्ट्रार माछापुच्छ्रे क्यापिटलको कार्यालय सुन्धारा, काठमाडौं र लुम्बिनी विकास बैंकको शेयर खरिदका लागि बैंकको केन्द्रिय कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूका आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री प्रक्रिया अघि बढाइने जानकारी कम्पनीहरूले दिएका छन् ।