काठमाडौं । टेक्नोलोजी उद्यमी एलन मस्कले शुक्रबार साँझ आफ्नो सोसल मिडिया कम्पनी एक्सलाई कृत्रिम बुद्धिमत्ता (एआइई) कम्पनी एक्सएआईलाई बेचेको घोषणा गरेका छन् । यस अन्तर्गत एक्सएआईले एक्सको लागि ४५ अर्ब डलर तिर्नेछ । जुन २०२२ मा मस्कले तिरेको रकमभन्दा केही बढी हो ।
विक्री भएको एक्स र खरीद गर्ने एक्सआई दुबै मक्सकै कम्पनी हुन् । मस्कले आफ्नो एक्स अकाउन्टमा यो सम्झौताले एक्सको मूल्य ३३ अर्ब डलर तोकेको बताएका छन् । तर यस नयाँ सम्झौतामा १२ अर्ब डलरको ऋण पनि समावेश गरिएको छ ।
उनले लेखेका छन् “एक्सएआई र एक्सको भविष्य एकअर्कासँग जोडिएको छ । आज हामी डाटा, मोडेल, कम्प्युटिंग, वितरण र प्रतिभालाई एकीकृत गर्ने औपचारिक कदम चाल्यौं । यसले एक्सएआईको उन्नत एआई क्षमता र एक्सको विशाल पहुँच मिलाएर अत्यधिक नयाँ सम्भावनाहरू सिर्जना गर्नेछ ।”
मस्कले एक्समा तत्काल कुनै परिवर्तन नआउने बताएका छन् । तर एक्सएआईको ग्रोक च्याटबट पहिल्यै एक्समा एकीकृत गरिसकिएको छ । उनले संयुक्त प्लेटफर्मले “बुद्धिमत्तापूर्ण र अर्थपूर्ण अनुभव” दिने दाबी गर्दै संयुक्त कम्पनीको मूल्य ८० अर्ब डलर रहेको बताए ।
एक्स (पूर्व ट्विटर) लाई २०२२ मा किनेपछि मस्कले यसमा धेरै परिवर्तन गरेका थिए । जसले प्रमुख विज्ञापनकर्ताहरूलाई पलायन गराएको आँकलन गरिएका छन् । उनले कम्पनीको ८० प्रतिशत कर्मचारी पनि हटाए, केहि प्रणालीहरू बदले र आक्रामक विचारधारा भएका अकाउन्ट पुनः सक्रिय गरेका थिए ।
एक्सको हालको मूल्य मस्कले तिरेकोभन्दा कम भए तापनि यसले हालै केहि सुधार देखाएको छ । लगानी कम्पनी फिडेलिटीले अक्टोबरमा एक्सको मूल्य मस्कको किनेको भन्दा ८० प्रतिशतले घट्ने अनुमान गरेको थियो । तर डिसेम्बरसम्म यो ३० प्रतिशत मात्रै घटेको थियो ।
मस्कको पछिल्लो घोषणा आएको बेला उनी ट्रम्प प्रशासनको सरकारी कार्यक्षमता विभागमा आफ्नो भूमिकाको लागि चर्चामा छन् । उनले एक्स र एक्सएआई एकीकरण गरेर आफ्नो व्यवसायिक योजनाहरूलाई सजिलो बनाउने योजनामा देखिएका छन् । एजेन्सी