काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा शुक्रबार प्रदर्शनकारीले गरेको तोडफोड र लुटपाटबाट ८० लाखभन्दा बढीको क्षति भएको छ ।
भाटभटेनीका अप्रेसन म्यानेजर बिनोद भट्टराईका अनुसार, प्रदर्शनकारी समूहले सुपरमार्केटमा पसेर ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामान लुटेका छन् । यसबाहेक, भाटभटेनीको बाहिरी भागमा रहेका धेरै सिसा फुटाइएको र भवनलाई पनि क्षति पुर्याइएको छ। भवनमा भएको क्षतिको प्रारम्भिक अनुमान ११ लाख ८५ हजार ८५५ रुपैयाँ रहेको बताइएको छ।
हाल उक्त भवनको मर्मत चलिरहेको छ । भट्टराईका अनुसार बीमा दाबी समेत गरिने जाइएको छ । राजतन्त्र समर्थक समूहले गरेको प्रदर्शनको क्रममा प्रदर्शनकारीहरूले भाटभटेनीमा तोडफोड गरी सामान लुट्ने घटना घटेको हो।
सीईओ भट्टराईले यसअघि दुई लाख ६५ हजार रुपैयाँका शो-केस र अन्य सामान नष्ट भएको र काउन्टरबाट ९४ हजार रुपैयाँ लुटिएको जानकारी दिए। घटनामा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।
तस्वीर सबै: आर्थिक अभियान