काठमाडौं । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित चार बन्दमुखी योजनाहरूले प्रतिफल वितरण प्रयोजनको लागि बुक क्लोज मिति तय गरेका छन् ।
प्रतिफल वितरण प्रयोजनार्थ एनआईसी एशिया सेलेक्ट ३०, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डले भदौ २८ गते एक दिनका लागि बुक क्लोज गर्ने भएका छन् । यसआधारमा भदौ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरूले यी फण्डहरूले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन् ।
भदौ १९ गते बसेको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको बैठकले सो दिन बुकक्लोज गर्ने निर्णय गरेको हो।
एनआईसी एशिया सेलेक्ट ३० फण्डले करसहित १४ प्रतिशत, एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले १० दशमलव ५० प्रतिशत (करसहित) एनआईसी एशिया ग्रोथ फण्डले करसहित ९ दशमलव ५० प्रतिशत र एनआईसी एशिया ब्यालेन्सड् फण्डले ९ दशमलव २५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।