काठमाडौं। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका कञ्चनपुर, बोडगाउँ, कन्चन, रामापुर, गोबरैया, बेलाशपुर बान्डुसेन शाखाले शनिवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेका छन् । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पुस महीनामा सो कार्यक्रम सम्पन्न गरेको बताइएको छ । समुदायस्तरमा रहेका सदस्यलाई वित्तीय कारोवार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण, वित्तीय सेवासम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापन आदि जस्ता कुरामा चेतना वृद्धि गरी आर्थिक व्यवस्थापनमा सहज गराउन कार्यक्रम गरेको बताइएको छ । कार्यक्रमले वित्तीय ज्ञान अभिवृद्धि गर्न मद्दत पुगेको र आउँदा दिनमा कार्यक्रम थप प्रभावकारी हुने संस्थाको अपेक्षा छ । संस्थाले हाल २८९ शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.