काठमाडौं । एन.आई.सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रमसँगै आधारभुत बाख्रापालन र सुन्तला खेती तालिम आयोजना गरेको छ ।
गत शनिवार सम्पन्न दुईदिने कार्यक्रममा २४९ जनाको उपस्थिति रहेको लघुवित्तले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, प्रहरी, ३ वटै प्रदेशका अनुगमन अधिकृत, शाखा प्रमुख र अन्य कर्मचारी समेतको उपस्थिति रहेको थियो ।