काठमाडौं । एन आई सी एशिया लघुवित्त संस्था लिमिटेडको झापास्थित केर्खा शाखा कार्यालयले वित्तीय साक्षरता तथा स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ ।
शाखा प्रमुख रामबाबु चौधरीको अध्यक्षतामा भएको कार्यक्रम कमल गाउँपालिकाको वडा नम्बर ४ का वडाअध्यक्ष चन्द्र प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
एन्जल फउण्डेसनको सहयोगमा भएको कार्यक्रममा ६५ जनाको सहभागिता रहेको थियो ।
संस्थाका माइधार उपप्रदेशका उपप्रदेश प्रमुख टीकाबहादुर थापा र एन्जेल फाउन्डेसनको बरिष्ठ अधिकृत टीकाराम अर्यालले आगामी जेठ ३ गते स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरिने जानकारी गराए ।