काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल (म्यान)बीच नेपालमा व्यवस्थापन संकायअन्तर्गत एमबिएमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने र प्रोत्साहन दिने उद्देश्यले ‘म्यान–सिटिजन्स एस्पायरिङ म्यानेजर अवार्ड’को स्थापना गर्ने सहमति भएको छ ।
बिहीवार म्यानको कार्यालयमा आयोजित एक कार्यक्रमबीच सहमति पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र म्यानका अध्यक्ष मोहनराज ओझाले हस्ताक्षर गरेका छन् ।
यो पुरस्कार पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गत एमबिएमा उत्कृष्टता प्रदर्शन गरेका प्रतिभाशाली विद्यार्थीलाई हरेक वर्ष प्रदान गरिने बताइएको छ । पुरस्कारको रकम रू. ५१ हजार हुनेछ । सिटिजन्स बैंक पुरस्कारको प्रायोजक र वार्षिक रूपमा पुरस्कारको लागि आवश्यक रकम उपलब्ध गराउने बताइएको छ ।
सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय र म्यानका पदाधिकारीको समिति गठन गरी उत्कृष्ट विद्यार्थीको चयन गरिने बताइनेछ । पुरस्कार हरेक वर्ष माघ महीनामा म्यानको म्यानेजमेन्ट कन्भेन्सनको अवसरमा प्रदान गरिने बताइएको छ । बैंकको यो कार्यले नेपालको म्यानेजमेन्ट शिक्षा क्षेत्रमा योगदान पुर्याउने विश्वास बैंकको छ ।