काठमाडौं । अर्घा भगवती भेन्चर्स प्रालिको परामर्शदाता कुमारी क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
अर्घा भगवतीको नवीकरणीय सौर्य परियोजनालाई संस्थागत परामर्श सेवाअन्तर्गत ‘वे टु लिस्टिङ’मार्फत कम्पनीलाई सूचीकरण हुँदासम्म गरिने सम्पूर्ण कार्यका लागि कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको हो ।
भेन्चर्सले अर्घाखाँचीमा १० मेगावाटको नवीकरणीय सौर्य ऊर्जा उत्पादनको निर्माण कार्य अगाडि बढाएको छ । छोटो समयमा नै आयोजनाका सम्पूर्ण कार्य सम्पन्न गरी विद्युत् उत्पादनलाई राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण गरी देशको आर्थिक समृद्धिमा टेवा पुर्याउने र स्वच्छ वातावरण प्रवर्द्धन गर्ने लक्ष्य रहेको कम्पनीका अध्यक्ष कुशल थापाले जानकारी दिए ।
कम्पनीले हालै मात्र वित्तीय व्यवस्थापनको रूपमा प्राइम कमर्सियल बैंक लिमिटेडमार्फत ‘फाइनान्सियल क्लोजर’ सम्पन्न गरेको छ । नियुक्तिसम्बन्धी सम्झौतामा अर्घा भगवती भेन्चसका अध्यक्ष थापा र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्र्माले हस्ताक्षर गरेका छन् ।