काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (एनआरएन)ले आगामी कात्तिक १७ गते एघारौं वार्षिक साधारण सभा गर्ने भएको छ । साधारण सभा आम्रपाली ब्याक्वेट, थिरबम सडक, काठमाडौंमा र विद्युतीय माध्यमबाट हुने कम्पनीले जानकारी दिएको छ ।
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारितका लागि पेस गरिनेछन् ।
कम्पनीले साधारण सभा प्रयोजनार्थ असोज ३० गते बुक क्लोज गर्ने तयारी गरेको छ । यस बुक क्लोजको आधारमा असोज २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।