काठमाडौं । गत फागुन १५ गते बाँडफाँट भएको एनएमबि हाईब्रिड फण्ड एल–२ को इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेडले वैशाख ७ गते नेप्सेमा १३ करोड ६४ लाख ८४ हजार इकाई सूचीकृत गरेको हो । एनएमबिएचएफटु स्टक संकेतबाट यस योजनाको इकाई सूचीकृत भएको हो ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाई दोस्रो बजारमा समेत कारोबार गर्न मिल्ने गरी सूचीकृत भएको हो । सोमवारदेखि कारोबारयोग्य हुने यी इकाई सम्बन्धित इकाईधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न पाउनेछन् ।