काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा १९ लाख ८ हजार ४३१ जनाले भरेका छन् । सिडिएस एण्ड क्लियरिङका अनुसार अनलाइन प्रणाली मेरो शेयरमार्फत सो संख्याले आवेदन दिएका हुन् । आवेदन लिने कार्य बन्द भइसकेको छ ।
कम्पनीको आईपीओमा मागभन्दा १३ दशमलव ६६ गुणा बढी आवेदन परेको छ । १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि खुलेकोमा २ करोड ५२ लाख ७ हजार ६९० कित्ताका लागि आवेदन परेको छ । यस आधारमा रू.२ अर्ब ५२ करोडभन्दा बढीको आवेदन परेको हो ।
बाँडफाँटका क्रममा १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताका दरले शेयर पाउने छन् । यस आधारमा १७ लाख २२ हजार भन्दा बढीको हात खाली हुनेछ । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ अनुसार जारी गरिएको शेयर सर्वप्रथम १० कित्ताका दरले पुगेसम्म सबैलाई बाँडफाँट गर्नुपर्नेछ ।