काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन् । अर्थमन्त्रीको सचिवालयका अनुसार दिउँसो ४ बजे बैठक बस्ने छ।
गभर्नर सिफारिस समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य छन् । सो समितिले मन्त्रिपरिषद्मा आजै तीन जनाको नाम सिफारिस सम्भावना छ ।
आजै ६ बजे प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक पनि डाक्नुभएको छ। सोही बैठकले गभर्नर नियुक्ति गर्ने सम्भावना उच्च रहेको एक मन्त्रीले बताए ।
यसअघिका गभर्नर सिफारिस समिति सदस्य डा विश्व पौडेलको राजीनामापछि समिति पुनर्गठन गरिएको थियो ।
बैठक नबसेको भन्दै पहिलो पटक बनेको समितिको सदस्यबाट डा. विजयनाथ भट्टराईले राजीनामा दिएका थिए । डा. पौडेल पनि राजीनामा दिएर आफै गभर्नरको दौडमा छन् ।