चीनको इन्जिनीयरिङ महत्त्वाकांक्षाहरू अब तिब्बतको नयाँ मेगा–परियोजनासँग नयाँ उचाइमा पुगेका छन् । उसले यारलुङ जाङ्बो नदीमा संसारकै सबैभन्दा ठूलो जलविद्युत् बाँध निर्माण गर्दै छ । यो विशाल संरचनाले ६० गिगावाट विद्युत उत्पादन गर्नेछ जुन हालको विश्वको सबैभन्दा ठूलो बाँध थ्री गोरजेज ड्यामको लगभग तीन गुणा बढी हो ।
अद्वितीय ऊर्जा महाशक्ति
पहिले नै विश्वका केही उच्च भू–भागहरू रहेको तिब्बती पठार अब मानव जातिको सबैभन्दा शक्तिशाली जलविद्युत् परियोजनाको गृह बन्दै छ । यो विशाल बाँध यारलुङ जाङ्बो नदीमा निर्माण भइरहेको छ र चीनको ऊर्जा स्वावलम्बन र कार्बन न्यूट्रालिटीतर्फको साहसी कदमलाई प्रतिनिधित्व गर्छ । परम्परागत जलविद्युत् परियोजनाहरूभन्दा फरक यो तिब्बती बाँधले क्षेत्रको भौगोलिक विशेषतालाई प्रयोग गर्छ ।
तीव्र पहाडी ढलानहरूले अत्यधिक सम्भावित ऊर्जा उत्पादन गर्छन्, जसलाई आधुनिक टर्बाइन प्रविधिबाट विद्युत्मा रूपान्तरण गरिनेछ । जब यो बाँध सम्पन्न हुनेछ, यसले थ्री गोरजेज ड्यामको २२ गिगावाट क्षमतालाई पछाडि पार्दै ६० गिगावाट विद्युत् उत्पादन गर्नेछ ।
- जब यो बाँध सम्पन्न हुनेछ, यसले थ्री गोरजेज ड्यामको २२ गिगावाट क्षमतालाई पछाडि पार्दै ६० गिगावाट विद्युत् उत्पादन गर्नेछ ।
- हाल चीनको लगभग ६० प्रतिशत विद्युत् उत्पादन कोइलाबाट हुन्छ, जसले पर्यावरणीय र जनस्वास्थ्यमा गम्भीर असर पार्छ ।
- चीनको बाँध परियोजनाले यसको तलतिरका छिमेकीहरूसँगको भूराजनीतिक तनाव बढाएको छ ।
चीनका यी महत्त्वाकांक्षी पूर्वाधार प्रयासहरू ऊर्जामा मात्र सीमित नरही अन्य प्रविधिमा पनि फैलिएका छन् । उसले हालै पृथ्वीलाई २ घण्टामै परिक्रमा गर्न सक्ने हाइपरसोनिक विमान बनाएको दाबी गरेको जसले चीनको प्रविधिगत प्रगतिको प्रतिबद्धता देखाउँछ ।
यति विशाल बाँध भए पनि यसको इन्जिनीयरिङ सिद्धान्तहरू अपेक्षाकृत सरल छन् । जलाशयमा जम्मा गरिएको पानी उच्च चापमा टर्बाइनहरू हुँदै बग्छ, जसले जनरेटर घुमाएर विद्युत् उत्पादन गर्छ । तर, यस्तो अभूतपूर्व स्तरमा यसको कार्यान्वयनले विशाल प्राविधिक चुनौतीहरू ल्याएको छ जसलाई चिनियाँ इन्जिनीयरहरूले आत्मविश्वासका साथ समाधान गर्दै छन् ।
ऊर्जा रूपान्तरण र जलवायु लक्ष्य यो विशाल जलविद्युत् परियोजना चीनको कोइला निर्भरता घटाउने रणनीतिको केन्द्रबिन्दु हो । हाल चीनको लगभग ६० प्रतिशत विद्युत् उत्पादन कोइलाबाट हुन्छ, जसले पर्यावरणीय र जनस्वास्थ्यमा गम्भीर असर पार्छ र विश्वव्यापी कार्बन उत्सर्जनमा उल्लेखनीय योगदान दिन्छ ।
तिब्बती मेगा बाँध चीनको सन् २०६० सम्म सम्पूर्ण विद्युत् प्रणालीलाई डिकार्बोनाइज गर्ने लक्ष्यसँग मेल खान्छ । यो रूपान्तरण अझै महत्त्वपूर्ण हुन्छ जब चीनले आर्थिक विकास कायम राख्ने र जलवायु परिवर्तनको असर व्यवस्थापन गर्ने बीचको सन्तुलन खोजिरहेको छ ।
मानव निर्मित पूर्वाधार विकास र जलवायु परिवर्तनका कारण प्रजातिहरूको लोप तीव्र हुनसक्ने वैज्ञानिक खोजहरूले चिन्तालाई थप बल दिएको छ । यी तथ्यले चीनमाथि परियोजनाहरूमा जैविक संरक्षणको सशक्त उपाय अपनाउने दबाब बनाएको छ । ‘जलविद्युत् प्रविधि जीवाश्म इन्धनको तुलनामा सफा ऊर्जा हो,’ आलोचकहरू भन्छन्, ‘तर, विशाल बाँध परियोजनाले आ–आफ्नै पारिस्थितिक असन्तुलन निम्त्याउँछन् । यति ठूलो संरचनाले अछुतो प्राकृतिक परिवेशमा प्रभाव पारेको छ जसबाट प्राप्त हुने जलवायु फाइदा स्थानीय पारिस्थितिकीमा पार्ने नोक्सानको तुलनामा सन्तुलित हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको छ ।
पारिस्थितिक र मानवीय असरहरू
यस परियोजनाको वातावरणीय असर तिब्बतको सिमाना नाघेर तलतिरसम्म फैलिन सक्छ । यारलुङ जाङ्बो नदी तल झरेर भारत र बङ्गलादेशका लागि अत्यावश्यक ब्रह्मपुत्र नदीमा परिणत हुन्छ । यसको प्रवाहमा परिवर्तन आउनाले पर्यावरणीय असन्तुलन निम्त्याउन सक्छ जुन मानवद्वारा प्राकृतिक प्रणालीमा गरिएको हस्तक्षेपका कारण अन्यत्र भएका विपत्तिहरूसँग तुलनीय हुनसक्छ । स्थानान्तरणको सम्भावित असर अझै गम्भीर देखिन्छ । रिपोर्टहरूअनुसार झन्डै १२ लाख मानिसलाई स्थानान्तरण गर्नुपर्ने हुन सक्छ, जसले तिब्बतको सांस्कृतिक सम्पदा र परम्परागत जीवनशैलीमा गहिरो असर पुर्याउन सक्छ । यस्तो ठूलो मात्रामा मानिस विस्थापित हुनु थ्री गोरजेज ड्यामको उदाहरणसँग मिल्दोजुल्दो छ । त्यहाँ पनि लाखौँ मानिसलाई स्थानान्तरण गरिएको थियो ।
आजको परस्पर जोडिएको विश्वमा पानी व्यवस्थापनको निर्णयले छिमेकीहरूमाथि प्रत्यक्ष असर पार्छ । केही समुदायले प्रशासनिक अवरोधहरू पार गरेर निर्मित प्राकृतिक बाँधजस्ता सृजनात्मक समाधानहरू खोजेका छन् तर चीनको परियोजना यति ठूलो छ कि समाधानको जटिलता अझ बढी गहिरो छ । जैविक विविधतामा पर्ने असर पनि गम्भीर चिन्ताको विषय हो । तिब्बती पठार अद्वितीय पारिस्थितिक प्रणालीहरूको घर हो, जुन पृथक् अवस्थाबाट विकास भएको हो । यी ठाउँमा भएका व्यापक संरचनात्मक परिवर्तनहरूले दुर्लभ प्रजातिहरूको अस्तित्व नै संकटमा पार्न सक्छन् जसले विश्वव्यापी जैविक विविधताको अपूरणीय क्षति निम्त्याउन सक्छ ।
क्षेत्रीय तनाव
चीनको बाँध परियोजनाले यसको तलतिरका छिमेकीहरूसँगको भूराजनीतिक तनाव बढाएको छ । भारत र बङ्गलादेशले विशेष गरी सुक्खा मौसमको समयमा पानीको प्रवाह घट्ने सम्भावनालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
बेइजिङले जिम्मेवार जल व्यवस्थापनको वाचा गरे पनि अघिल्ला परियोजनाहरूको अनुभवले शंका पैदा गरेको छ । चीनका अघिल्ला जलविद्युत् बाँधहरूबाट तलतिरका देशहरूमा पानीको प्रवाह घटाइएको आरोप लागेका छन्, जसले कूटनीतिक विवाद उत्पन्न गराएका थिए । यो अझ ठूलो परियोजनाले ती विवादलाई झन् चर्काउने सम्भावना छ ।
क्षेत्रीय पूर्वाधार विकासले प्राविधिक पक्षमात्र होइन, राजनीतिक र सामाजिक समन्वयका दृष्टिकोणबाट पनि चुनौती ल्याउँछ । चीनले करीब ८६ अर्ब डलर लगानी गरेको एक शहर हाल जनसंख्या आकर्षित गर्न संघर्ष गरिरहेको उदाहरणले देखाउँछ कि सबै ठूला परियोजनाले अपेक्षित नतिजा दिँदैनन् । जलविद्युत् प्रविधिले सफा ऊर्जा उत्पादनमा उल्लेखनीय योगदान दिन सक्छ । दिगो ऊर्जा रूपान्तरणको बाटोमा अप्रत्याशित चुनौतीहरू आउँछन् । चीनले यी तनावलाई कसरी सम्बोधन गर्छ भन्ने कुराले आगामी दशकहरूमा क्षेत्रीय स्थिरतालाई धेरै प्रभावित गर्नेछ ।
जब मानव जाति दिगो ऊर्जा खोज्दै प्रविधिका सीमा पार गर्दै जान्छ, हामी आफ्नो ग्रहको परिवर्तनसँगै अन्तरिक्षमा नयाँ ग्रहहरू खोज्ने प्रयास पनि गरिरहेका छौं । वैज्ञानिकहरूले उन्नत दुर्बिनहरू प्रयोग गर्दै हाम्रो सौर्यमण्डलमा अझै अज्ञात ग्रहहरू खोजिरहेका छन् । उता, पृथ्वीमा यस्ता तिब्बती मेगा बाँधजस्ता परियोजनाले संसार बदलिरहेका छन् ।
(फार्मिङडेल, अब्जर्भबाट)