मार्बलको प्रयोगले घरलाई निकै आकर्षक देखाउन सकिन्छ । मार्बलको नियमित सरसफाइमा ध्यान नदि“दा यसको टिकाउपन तथा आकर्षण घट्छ । घरमा लगाइएको मार्बल सफा र सुरक्षित राख्न निम्न तरीका अपनाउन सकिन्छ :
१.सानो फोहोरले पनि मार्बल नराम्रो देखिन्छ । त्यसैले, समयसमयमा मार्बलको सफाइ गर्नुपर्छ । मार्बलको सरसफाइमा ध्यान दिन सके यसमा प्रयोग गरिएको रङ लामो समयसम्म आकर्षक देखिन्छ ।
२.मार्बललाई सफा गर्न खस्रो कपडाको प्रयोग गर्नु राम्रो हुन्छ । मार्बलको सफाइमा मनतातो पानीको प्रयोग गर्नुपर्छ ।
३.एसिडयुक्त पदार्थ मार्बलमा पोखियो नराम्रो दाग बस्छ । यस्तो दाग हटाउन अमोनियायुक्त हाइड्रोजन अक्साइडको घोलमा डुबाइएको कपडाले पुछ्नुपर्छ ।
४.मार्बल फर्समा दाग बस्नुको अर्को कारण एसिडयुक्त क्लिनिङ डिजरजेण्ट हो । मार्बल सफा गर्न यस्तो डिजरजेण्टको प्रयोग गर्नु हँुदैन ।
५.मार्बल फ्लोरको टायल केही झिरझिरे बुट्टेदार हुन्छ । यस्तो टायल्समा खाना, तेल आदि पोखियो भने रङ नै परिवर्तन हुन सक्छ । त्यसैले, यस्तो चिज पोखियो भने तुरन्त सफा गर्नुपर्छ ।
६.मार्बल फर्स र मार्बल फर्निचरको नियमित सरसफाइमा गर्नुपर्छ । यसो गर्दा मार्बलको आकर्षण लामो समय टिकाउन सकिन्छ ।
७.फर्समा कुनै दाग÷धब्बा छ भने पनि रगड्नु हुँदैन । बरु मनतातो पानी र सफा कपडाले विस्तारै सफा गर्नुपर्छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.