काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले दशौं वार्षिक साधारण सभा भोलि बुधवार अर्थात् फागुन २४ गते गर्दै छ ।
सभा बेष्ट रिसोर्ट नेपाल प्रालि लेकसाइड पोखरामा बिहान ९ बजे शुरू गर्ने कम्पनीले जानकारी दिएको हो । सभामा १२ प्रतिशत बोनस शेयर र करसहित ८ प्रतिशत नगद लाभांशसम्बन्धी प्रस्ताव प्रस्तुत गरिनेछ ।
सभामा कम्पनीले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त संस्थाहरू गाभ्ने/गाभिने प्रयोजनको लागि आवश्यक कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनउपर छलफल गर्ने एवं चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १६ गते बुक क्लोज गरिसकेको छ । यसको आधारमा फागुन १५ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।