कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका ११० ओटा नयाँ पर्यटकीय स्थलहरू बुधवार सार्वजनिक गरेको छ । प्रदेशका ११ जिल्लाबाट १०/१० ओटा पर्यटकीय स्थलहरू समेटिएका छन् । प्रदेश सांसद, जिल्ला समन्वय समिति, गाउँपालिका र पर्यटन व्यवसायका प्रतिनिधि लगायतसँग छलफल गरेर पर्यटकीय गन्तव्य छनोट गरिएको प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले बताए ।
ती पर्यटकीय स्थलमा पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने योजना प्रदेश सरकारले बनाएको छ । चालू सन् २०१९ लाई आन्तरिक पर्यटन वर्षका रूपमा मनाउने घोषणा प्रदेश सरकारले गरेको थियो । सोही कार्यक्रमलाई लक्षित गर्दै पर्यटकीय स्थल सार्वजनिक गरिएको हो । योजनाअनुसार १५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।
सार्वजनिक पर्यटकीय स्थलहरूमा कास्कीका फेवाताल, तालबाराही मन्दिर, बेगनासताल, रूपाताल, विन्ध्यवासिनी मन्दिर लगायत छन् । स्याङ्जाका शाल्मेडाँडा–गोर्खा स्मारक र नुवाकोट कालभैरव मन्दिर, शिरुबारी पर्यटकीय गाउँ, आलमदेवी मन्दिर, स्वरेक मैदान प्यराग्लाइडिङ, सतौं चण्डीथान छन् । तनहुँबाट बन्दीपुर, देवघाटधाम, ढोरबाराही, लमजुङबाट लमजुङ दरबार, राइनासकोट, इलमपोखरी, घलेगाउँ सार्क भिलेज र गोरखाबाट गोरखा दरबार र गोरखा संग्रहालय, मनकामना मन्दिर र श्रीनाथकोट मण्डली सूचीकृत छन् ।
मनाङबाट तिलिचो ताल, पोङ्कर ताल, डोना ताल, गंगापूर्ण ताल, अन्नपूर्ण हिमाल, पर्वतबाट भमरकोट माटे, जलजला, हम्पाल, कालान्जर पर्वत, बाग्लुङबाट बाग्लुङ कालिका, पञ्चकोट–शालिग्राम संग्रहालय तथा रंगवेंकटेश मन्दिर र म्याग्दीबाट गलेश्वर धाम, पुलस्त्याश्रम, जगन्नाथ मन्दिर सूचीकृत छन् । मुस्ताङबाट मुक्तिनाथ, कागबेनी, कुछप तेरेङका गुम्बा र नवलपुरबाट मौलाकालिका, देवचुली, बरचुली पिकहरू, त्रिवेणी गजेन्द्र मोक्ष धामलगायत सार्वजनिक गरिएको छ ।
पर्यटन वर्षमा भित्रिनेमध्ये ५० प्रतिशत पर्यटक प्रदेशका नयाँ गन्तव्यमा पुग्ने वातावरण प्रदेश सरकारले तयार गर्ने मन्त्री लम्सालले बताए । यसले प्रदेशको आर्थिक वृद्धिमा सघाउ पुर्याउने सरकारको अपेक्षा छ ।
प्रदेश सरकारले साहसिक पर्यटकीय गन्तव्यलाई समेत सूचीकृत गरेको छ । कास्की र अन्य जिल्लामा सञ्चालित प्याराग्लाइडिङ, अल्ट्रालाइट, जिप फ्लायर, ¥याफटिङ, घोडाचढी, स्क्इिङ, बन्जीजम्प, साहसिक पिङ (स्विङ), हर्ट एयर बेलुनिङ र जंगल सफारी लगायतलाई सूचीकृत गरेको हो । संघीय सरकारले पनि केही समयअघि देशभरका विभिन्न स्थानलाई समेटेर सयओटा पर्यटकीय गन्तव्यहरू सार्वजनिक गरेको थियो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.