काठमाडौं । गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित गरिमा समृद्धि योजना वैशाख मसान्तमा भने नाफामा रहेको छ ।
चैत मसान्तसम्म ७१ लाख ५१ हजार रुपैयाँ नोक्सानीमा रहेको योजना वैशाख मसान्तसम्म भने २ करोड ५४ लाख रुपैयाँभन्दा बढी नाफामा रहेको हो ।
वैशाखमा योजनाको आम्दानी उल्लेख्य मात्रामा बढेकाले नोक्सानी सुधार्दै नाफा गर्न सफल भएको हो । चैत मसान्तसम्म ९३ लाख ९४ हजार रुपैयाँ आम्दानी गरेको योजनाले वैशाख मसान्तसम्म भने ४ करोड ५८ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको हो ।
खर्च पनि यो महिना बढेको छ । चैत मसान्तसम्म १ करोड ६५ लाख रुपैयाँभन्दा बढी खर्च गरेको योजनाले वैशाख मसान्तसम्म भने २ करोड रुपैयाँभन्दा बढी खर्च गरेको हो ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना २०८१ पुस १८ गतेदेखि सञ्चालनमा छ । १२ करोड ५० लाख इकाई जारी गरेको योजनाको वैशाख मसान्तसम्म प्रतिइकाई खुद सम्पत्ति मूल्य १० रुपैयाँ २० पैसा कायम छ । चैत मसान्तसम्म यो मूल्य ९ रुपैयाँ ९४ पैसा रहेको थियो ।
वैशाख मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको परल मूल्य धितोपत्र दलाल कमिसनसमेत ९६ करोड २४ लाख २६ हजार रुपैयाँ छ । बैंक मुद्दती निक्षेपमा १८ करोड रुपैयाँ लगानी गरेको योजनाको कुल लगानीको बजार मूल्य भने १ अर्ब १४ करोड ८६ लाख रुपैयाँभन्दा बढी कायम छ ।