काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गरिमा क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष योजना अन्तर्गतको गरिमा समृद्धि योजनाको इकाई सूचीकृत भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड र गरिमा क्यापिटल लिमिटेडबीच प्रतिइकाई मूल्य १० रुपैयाँ कायम भएको १२ करोड ५० लाख इकाई सामूहिक लगानी कोष गरिमा समृद्धि योजना सूचीकरण गर्ने सम्झौता बिहीवार सम्पन्न भएको हो ।
कम्पनीले सर्वसाधारणसमक्ष एनआईएमबि एस क्यापिटल लिमिटेडमार्फत् १२ करोड ५० लाख इकाई धितोपत्र विक्री खुला गरेको थियो ।
सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो कारोबार दिन अर्थात् आगामी आइतवारबाट उक्त कम्पनीको धितोपत्रको दोस्रो बजारको कारोबार शुरु हुनेछ । स्टक सिम्बोल जिएसवाई रहेको छ ।