काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले २ लाख ६६ हजार ४४ दशमलव ५२ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुमा जारी गरिएको यी शेयर सो अवधिमा विक्री नभएपछि अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागेको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् । सर्वसाधारण शेयरधनीहरूले खरीद गर्न पाउने यी शेयर संस्थापक समूहमै रहनेछ ।