काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. ६ करोड ८५ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १ दशमलव ६४ प्रतिशत कम हो । अघिल्लो आवमा कम्पनीले रू. ६ करोड ४५ लाख नाफा कमाएको थियो ।
त्यस्तै कम्पनीको विद्युत विक्री आम्दानी पनि अघिल्लो आवको तुलनामा गत आवमा ५ प्रतिशत घटेको छ । अघिल्लो आवमा कम्पनीले विद्युत विक्रीबापत रू. २६ करोड ९० लाख आम्दानी गरेकोमा गत आवमा रू. २५ करोड ५० लाख कायम भएको हो ।
कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब १२ करोड रहेको छ भने जगेडामा रू. ५ करोड ९५ सञ्चिति गरेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८४ पैसा (वार्षिक), मूल्य आम्दानी अनुपात ४२ दशमलव ७७ गुणा (वार्षिकीकरण) र प्रतिशेयर नेटवर्थ रू. १०५ दशमलव ३२ छ ।