काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले ६७ हजार ४८१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता २०० रुपैयाँ अंकित मूल्यमा उक्त शेयर विक्रीमा ल्याएको हो ।
यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन पेस गर्न सक्नेछन् । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ ।
आवेदन कम्पनीको केन्द्रीय कार्यालय, थापागाउँ, काडमाडौंको शेयर विभागमा पेस गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ ।