काठमाडौं । कुमारी धनबृद्धि योजनाले वैशाख मसान्तम्म ९ करोड ४१ लाख रुपैयाँभन्दा बढी नाफा गरेको छ । चैत मसान्तसम्म ८ करोड ४२ लाख रुपैयाँभन्दा बढी नाफा गरेको योजनाले वैशाखमा भने बढी नाफा गरेको हो । यो महिना योजनाको आम्दानी बढेकाले नाफामा बृद्धि देखिएको हो । चैत मसान्तसम्म १० करोड ३१ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको योजनाले वैशाख मसान्तसम्म भने ११ करोड ५१ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको हो । आम्दानीसँगै योजनाको खर्चमा पनि बृद्धि देखिएको छ । अघिल्लो महिना १ करोड ८८ लाख रुपैयाँभन्दा बढी खर्च गरेको योजनाले चैतमा भने २ करोड ९ लाख रुपैयाँभन्दा बढी खर्च गरेको हो ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यो योजना २०७९ साल असार ३ गतेदेखि सञ्चालनमा रहेको छ । १२ करोड २५ लाख ७ हजार २५९ इकाई जारी गरेको योजनाको चैत मसान्तसम्म प्रति इकाई खुद सम्पत्ति मूल्य चैतको तुलनामा बढेर ११ रुपैयाँ ३२ पैसा कायम भएको छ । चैत मसान्तसम्म योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य ११ रुपैयाँ २४ पैसा थियो ।
धितोपत्रमा योजनाले गरेको परलमूल्य १ अर्ब १७ करोड रुपैयाँभन्दा बढी रहेकोमा कुल बजार मूल्य भने १ अर्ब २६ करोड रुपैयाँभन्दा बढी रहेको छ । बैंक मुद्दती निक्षेपमा योजनाले यो महिना लगानी गरेको देखिदैन ।