काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडलको २९ हजार ४०० कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी भएको छ । कम्पनीले अन्य व्यक्ति तथा संस्थाका लागि यी शेयर जारी गरेको हो । यस अघि विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्र जारी गर्दा विक्री नभएपछि दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा जारी गरिएको हो ।
यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरुले आगामी १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बन्दिपुर, तनहुँमा आवेदन पेश गर्नुपर्नेछ । आवेदन पेश गर्दा खरीद गर्न चाहेको शेयरको संख्या समेत उल्लेख गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।