काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको २६ दशमलव ९८ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीले गत चैत १५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर बापत्को १ करोड ६ लाख २५ हजार कित्ता शेयर जेठ ११ गते नेप्सेमा सूचीकृत गराएको हो ।
कम्पनीले बोनस शेयरसँगै कर प्रयोजनका लागि १ दशमलव ४२ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव सोही सभाबाट पारित गरेको थियो ।
सोमवार (भोलि) देखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरूले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।