काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कर समेत ८ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । माघ २९ गते दिउँसो बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार रुपैयाँको आधारमा २१ करोड ८७ लाख ६३ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
गत वर्षको तुलनामा यस वर्ष कम्पनीको लाभांश कम रहेको छ । गत वर्ष कम्पनीले ८ दशमलव ६३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ६ दशमलव ३७ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस कम्पनीले पनि नेपाल बीमा प्राधिकरणले तोके बमोजिमको चुक्तापूँजी कायम गरिसकेको छ । यस वर्षको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।