काठमाडौं । साविक हिमालयन जनरल इस्योरेन्स र एभरेष्ट इन्स्योरेन्स एक आपसमा गाभिएर बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १८४ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीले रू. १४ करोड ६ लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. ४० करोड भन्दा बढी पुगेको हो ।
मर्जर पश्चात कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ३० करोड पुगेको छ । त्यस्तै कम्पनीले जगेडा तथा कोषमा रू. ६९ करोड ८ लाख ,बीमा कोषमा रू. १ अर्ब २९ करोड र महा विपत्ती कोषमा रू. ५ करोड ५३ लाख सञ्चिती गरेको छ ।
्गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब १७ करोड भन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको हो । सो अवधिमा कम्पनीले पुनर्बीमा बापत रू.३१ करोड ४० लाख आम्दानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १७ दशमलव ४१(वार्षिक), मूल्य आम्दानी अनुपात ३४ दशलमव ४७ गुणा र प्रतिशेयर नेटवर्थ रू. १८८ दशलमव ६८ रहेको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.