काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीले रू. २३ करोड ७ लाख नाफा कमाएको छ ।
यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ६ दशमलव ६३ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. २१ करोड ६४ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवको तु्लनामा चालू आवमा कम्पनीको आम्दानी ५ दशमलव ७९ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. ३७ करोड ६४ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ३९ करोड ८२ लाख पुगेको हो ।
चुक्तापूँजी रू. २ अर्ब २३ करोड रहेको कम्पनीले जगेडा तथा कोषमा रू. ८७ करोड ५१ लाख सञ्चित गरेको छ । त्यस्तै चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीको बीमा कोषमा रू. १ अर्ब २० करोडभन्दा बढी जम्मा भएको छ । सो अवधिमा कम्पनीले कुल रू. २ अर्ब २९ करोडभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीले ९६ करोड ८६ लाख दाबी भुक्तानी गरेको छ भने कोभिडसहित गरेर रू. १ अर्ब ७० करोडभन्दा बढी दाबी भुक्तानी गर्न बाँकी रहेको छ । सो अवधिमा कम्पनीले पुनर्बीमा कमिशनबापत रू. २० करोड ७ लाख आम्दानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १३ दशमलव ७४ (वार्षिक), मूल्य आम्दानी अनुपात ४१ दशमलव ९६ गुणा र प्रतिशेयर नेटवर्थ रू. १९५ दशमलव ३६ रहेको छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्