काठमाडौं । इजरायली सेनाले हमास प्रमुख याह्या सिनवार गाजा आक्रमणमा मारिएको पुष्टि गरेको छ ।
गाजा आक्रमणमा मारिएका तीन जनाको शवबाट डीएनए परीक्षण गर्दा सिनवार मारिएको पुष्टि भएको सेनाले जनाएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इजरायल डिफेन्स फोर्सले जारी गरेको एक प्रेस विज्ञप्तिमा गाजा आक्रमणमा मारिएका तीन जनामध्ये सिनवार रहेको आशंका गरेको थियो । मारिएका व्यक्तिको पहिचानका लागि शवबाट डीएनए परीक्षण गरिएको थियो ।
गत अगस्टमा इरानको तेहरानमा तत्कालीन हमास प्रमुख इस्माइल हनियाहको हत्या गरिएको थियो । हनियाहको हत्यापछि सिनवार हमासको प्रमुख नियुक्त भएका थिए ।
सिनवार हाल इजरायलको मोस्ट वान्टेड सूचीमा शीर्ष स्थानमा थिए । एजेन्सीको सहयोगमा