काठमाडौं। स्तन क्यान्सरविरुद्ध जनचेतना फैलाउन काठमाडौंमा र्यालीको आयोजना गरिएको छ । रक्षा क्यान्सर केयर सोसाइटीले आयोजना गरेको उक्त सचेतना र्याली भृकुटीमण्डप, प्रदर्शनीमार्ग बाट शुरु भएर हनुमानढोकामा विशेष कार्यक्रम गरी समापन गरिएको थियो।
करिब ४ सय जना भन्दा बढी सहभागी रहेको उक्त कार्यक्रममा स्वास्थ्यकर्मी, कलाकार, विभिन्न संघ संस्थाका व्यक्तित्वहरू तथा क्यान्सरलाई जितेकाहरूको सहभागिता रहेको थियो । स्तन क्यान्सरलाई सुरुआती अवस्थामै पत्ता लगाउने र उपचार गरेर स्तन क्यान्सरबाट हुने मृत्युदरलाई घटाउने उद्देश्यले अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रूपमा मनाउने गरिन्छ । यो वर्षको नारा ‘कसैले एक्लै स्तन क्यान्सरको सामना गर्नुपर्दैन’ भन्ने छ ।
सुनिल शर्मा आर्थिक अभियान