काठमाडौं । दशैंको एघारौं दिन आइतवार काठमाडौंको न्यूरोड, इन्द्रचोक लगायतका बजार सुनसान देखिएका छन् । दशैंको टीका र जमरा लगाउने दिन बाँकी रहेकाले र सरकारी बिदा भएकाले बजार सुनसान देखिएका हुन् । दशैंको टीका र जमरा कोजाग्रत पूर्णिमा (यस वर्ष कात्तिक १ गते)सम्म लगाउने प्रचलन छ । तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान