काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा चौथो प्लास्ट नेपाल एक्स्पोमा चलिरहेको छ । प्लास्टिकजन्य वस्तुको उत्पादन, प्रशोधन, विक्री गर्दै आएको उद्योगहरूको सङ्गठन प्लास्ट नेपाल फाउन्डेसनले आयोजना गरेको एक्स्पो मङ्सिर १३ गतेदेखि १५ गतेसम्म रहनेछ ।
उक्त एक्स्पोमा नेपाल र भारतमा प्लास्टिकबाट बनेका दैनिक उपभोग्य सामानहरू प्रदर्शनीमा राखिएको छ। नेपालमा ८०० उद्योगले वार्षिक ७५ अर्बको प्लास्टिक उत्पादन गर्दै आएको फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले बताए ।
हेर्नुस् तस्वीरहरू