काठमाडौं । शैलेश्वरी पावर नेपाल लिमिटेडले आईपीओ प्रस्तावसहित यही पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल ए वान प्यालेस, शंखमुल, काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।