काठमाडौं । सानिमा क्यापिटल लिमिटेडको व्यस्थापनमा सञ्चालन हुन लागेको पहलिो खुलामुखी प्रकृतिको योजनाको इकाई बाँडफाँट कार्य सम्पन्न भएको छ ।
क्यापिटलले सानिमा फ्लेक्सी फण्ड नामक खुलामुखी योजना सञ्चालनका लागि प्रति इकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई जारी गरेको हो ।
नेपाल धितोपत्र बोर्डले दिएको स्वीकृति बमोजिम क्यापिटलले प्रथम चरणमा कुल योजना आकारको ४० प्रतिशत अर्थात् १ करोड ५० लाख इकाईमध्ये कोष प्रवर्द्धक सानिमा बैंकलाई १ करोड ३० लाख र योजना व्यवस्थापक सानिमा क्यापिटललाई २० लाख इकाई सुरक्षित गरी बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणमा सार्वजनिक निष्कासनपछि बाँडफाँट गरिएको हो ।
योजनाको उक्त इकाई फागुन ६ गतेदेखि १५ गतेसम्म निष्कासन गरी फागुन २५ गते बाँडफाँट गरिएको हो ।