काठमाडौं । नेप्से परिसूचक लगातार छैटौं दिन घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सोमवार (आज) नेप्से परिसूचक २०.६८ अंकले घटेर २ हजार ७५१.४२ अंकमा कायम भएको छ ।
नेप्से परिसूचक गत सोमवारयता घट्न थालेको हो । गत आइतवार २ हजार ८९०.२८ अंकमा पुगेको बजार त्यसयता १३८.८५ अंकले घटिसकेको छ ।
आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ९ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३७ करोडको कारोबार भएको छ ।
यस दिन कुल ४४ कम्पनीको मूल्य बढेको ५ भने १९१ को घटेको छ । ८ धितोपत्रको भने मूल्य स्थिर रहेको छ ।
आज अन्यबाहेक सबै समूहगत सूचक घटेका छन् । तीमध्ये म्युचुअल फण्डको सूचक सर्वाधिक ३.०६ प्रतिशत घटेको छ ।
त्यस्तै, व्यापारको १.६५ प्रतिशतले, लगानीको १.५१ प्रतिशतले, जलविद्युत्को १.१६ प्रतिशतले, उत्पादन तथा प्रशोधनको १.१५ प्रतिशतले, होटल तथा पर्यटनको ०.९९ प्रतिशतले, विकास बैंकको ०.७३ प्रतिशतले, वित्तको ०.७० प्रतिशतले, निर्जीवन बीमाको ०.६८ प्रतिशतले, लघुवित्तको ०.६३ प्रतिशतले, बैंकिङको ०.४४ प्रतिशतले र जीवन बीमाको सूचक ०.४१ प्रतिशतले घटेको छ । अन्य समूहको सूचक भने ०.०८ प्रतिशतले बढेको छ ।
आज नेस्डो समृद्ध लघुवित्तको शेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ भने उपकार लघुवित्तको शेयर मूल्य सर्वाधिक ६.९८ प्रतिशतले घटेको छ ।