काठमाडौं । माछापुच्छ्रे क्यापिटलले आज (फागुन २२ गते)देखि निष्कासन गरेको एमबीएल इक्विटी फण्डको इकाई खरीदका लागि आवेदन दिने समय लम्बिएको छ।
छिटो अवधि फागुन २६ गतेसम्म मागबमोजिम आवेदन नपरेपछि ढिलो अवधि चैत ७ गतेसम्मको अवधिलाई निरन्तरता दिन लागिएको हो । मागभन्दा बढी संख्यामा आवेदन प्राप्त भएमा चैत ७ गतेभन्दा अघि नै निष्कासन तथा विक्री बन्द हुने जानकारी योजना व्यवस्थापकले दिएको छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई विक्रीमा ल्याएको हो । एमबीएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने यो फण्ड १२ वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजना हो ।
फण्डले १५ प्रतिशत इकाईमध्ये १४ प्रतिशत अर्थात् एक करोड ६८ लाख इकाई कोष प्रवर्द्धक कम्पनी माछापुच्छ्रे बैंकलाई र १ प्रतिशत अर्थात् १२ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सार्वजनिक निष्कासनमा ल्याएको हो । यस फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ।
फण्डको इकाई निष्कासन तथा विक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। साथै मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ ।